• Sunday 4th of October 2026

आज राति यी तीन प्रदेशका हिमाली-पहाडी भेगमा भारी वर्षाको सम्भावना


  • धनकुटा खबर
  • .

काठमाडौ । आज (सोमबार) राति देशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाले आज साँझ ६ बजे जारी गरेको बुलेटिनअनुसार राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको हो।

यस्तै कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।

अनि देशभ।का पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ भने तराई भूभागका पनि थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖