• Sunday 4th of October 2026

मिनी ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु


  • धनकुटा खबर
  • .

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–२ झिलमा मिनी ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ।

मंगलबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत झिलस्थित सडकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको से १ क १३५२ नम्बरको मिनी ट्रकले पैदल हिँडिरहेका गौरीगंगा नगरपालिका–२ निवासी भरत देउवाका ५ वर्षीय छोरा लेखराज देउवालाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका लेखराजको टाउको र छातीमा चोट लागेको थियो। उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान ९ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि प्रहरीले मिनी ट्रकका चालक कैलालीको लम्कीचुहा नगरपालिका–२ बस्ने २९ वर्षीय सुनिल चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖