• Sunday 4th of October 2026

इभी दुर्घटना हुँदा ४ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ महालक्ष्मी खोला नजिकै इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी मंगलबार दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार गाडीमा ६ पुरुष र २ महिलासहित आठ जना सवार थिए। दुर्घटनामा गम्भीर घाइते चार जनामध्ये तीन जनालाई उपचारका लागि काठमाडौँ र एक जनालाई हेटौँडा लगिएको छ।

मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी तथा ट्राफिक टोली परिचालन गरी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖