• Sunday 4th of October 2026

स्कुटी दुर्घटना : एकको मृत्यु, दुई घाइते


  • धनकुटा खबर
  • .

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–४ स्थित चारनम्बर-तौलिहवा सडक खण्डमा दुई वटा स्कुटी आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बुधबार साँझ करिब ४ बजे गजेहडाबाट सिउटीतर्फ जाँदै गरेको लु प्र ०१–०१२ प १२६५ नम्बरको स्कुटीले अगाडि रहेको ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०१–००९ प २४०२ नम्बरको ई–स्कुटीसँग ठोक्किएको थियो।

दुर्घटनामा स्कुटी चालक रुपन्देहीको कञ्चन गाउँपालिका–५ भैसाही निवासी २७ वर्षीय रुद्रनारायण थारु गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि पिपरा अस्पताल लगिएकोमा चिकित्सकले साँझ ४:५० बजे मृत घोषणा गरेका हुन्।

दुर्घटनामा इ-स्कुटी चालक बाणगंगा–८ बोडगाउँकी ३५ वर्षीया रेखा घिमिरे र ट्याक्टर चालक बाणगंगा–११ मैरीका ३५ वर्षीय बमबहादुर चौधरी घाइते भएका छन्। घिमिरेको युनाइटेड अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖