• Sunday 4th of October 2026

९ लाख रुपैयाँ घुस सहित नापी अधिकृत वली पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । सेवाग्राहीसँग ९ लाख रुपैयाँ घुस मागेको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार काठमाडौँ, नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका टोली प्रमुख नापी अधिकृत वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउने विषयमा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिई घुस/रिसवत मागेको सूचना तथा उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले वलीलाई २०८३ भदौ ३१ गते काठमाडौँको टोखा नगरपालिका–५, वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार उनलाई घुसबापत लिएको भनिएको ९ लाख रुपैयाँसहित नियन्त्रणमा लिइएको थियो।

वलीविरुद्ध घुस/रिसवत तथा भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको आयोगले जनाएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बिहीबार विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖