काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको परीक्षा केन्द्र निर्धारण गरेको छ।
बिहीबार एक सूचना जारी गर्दै आयोगले मिति २०८०/०७/१८ गते दिउसो १:०० बजेदेखि सञ्चालन हुने निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रको लिखित परीक्षामा सम्मिलित हुने उम्मेदवारहरूको परीक्षा केन्द्रगत रोल नम्बर सहितको विवरण प्रकाशित गरेको हो।
आयोगको मिति २०८०/०७/०२ गतेको निर्णयअनुसार सूचना प्रकाशन गरिएको हो । परीक्षा केन्द्र हेर्न यहाँ क्लिक गर्नुहोस्।
