• Sunday 4th of October 2026

बढ्यो सुनको मूल्य,कतिमा हुंदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (आज) छापावाल सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँले बढेर तीन लाख तीन हजार १०० रुपैयाँ कायम भएको छ।

बिहीबार प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँ रहेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला चार हजार ६२५ रुपैयाँ रहेको चाँदी शुक्रबार १५० रुपैयाँले बढेर चार हजार ७७५ रुपैयाँमा कारोबार हुँदैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖