• Sunday 4th of October 2026

धनराज गुरुङले छाडे शेखरको साथ, विजयकुमार गच्छदार पनि गगनतिरै


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै नेता डा. शेखर कोइराला तटस्थ भूमिकामा देखिएका छन् । पूर्वउपसभापति धनराज गुरुङसहित उनका निकट केही नेताहरू भने सभापति गगन थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी हुने भएका छन् ।

गुरुङसहित किरण यादव, चन्द्रमोहन यादव, कृष्णचन्द्र नेपाली, दीपक गिरी र रुक्मिणी कोइरालालगायत नेता महाधिवेशन प्रक्रियामा सहभागी हुने एक कांग्रेस पदाधिकारीले बताएका छन् ।

यता शेखरनिकट बद्री पाण्डे, सञ्जय गौतम र सरिता प्रसाईँ भने अहिलेसम्म सहभागी नहुने पक्षमा रहेको बताइएको छ ।

शेखर कोइरालाले भने पार्टीभित्रको विवाद वार्ता र संवादबाट समाधान गर्नुपर्ने बताउँदै आफू मध्यमार्गी भूमिकामै रहने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖