• Sunday 4th of October 2026

सुनसरीको देवानगञ्जमा गोली चल्यो


  • धनकुटा खबर
  • .

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली चल्दा एक जना घाइते भएका छन्।

गोली लागेर घाइते भएका व्यक्तिलाई उपचारका लागि विराटनगर ल्याइएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार घाइतेको तिघ्रामा गोली लागेको प्रारम्भिक जानकारी आएको छ। घाइतेको पहिचान भने खुलिसकेको छैन।

गोली कसले र किन चलाएको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको डीएसपी खड्काले बताए। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖