• Sunday 4th of October 2026

यात्रुवाहक फोर्स गाडी दुर्घटना, एक जनाको मृत्यु, ५ जना घाइते


  • धनकुटा खबर
  • .

पाल्पा । पाल्पाको तानसेन नगरपालिका–८ भालेबासस्थित सिद्धार्थ राजमार्गमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

बुटवलबाट तानसेनतर्फ जाँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी आफैं अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनसरा खाम्चाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज, प्रभासमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनेमा गाडी चालक पूर्वखोला गाउँपालिका–१ का २९ वर्षीय नरबहादुर राना, सोही स्थानका ५० वर्षीय कृष्णबहादुर राजमगर, पूर्वखोला–४ घर भई हाल तानसेन–४ भगवतीटोल बस्ने २८ वर्षीया मेनुका भन्ने मनकुमारी सारु, उनकी ७ वर्षीया छोरी साहिरस सारु र अनसरा खाम्चाकी ५ वर्षीया नातिनी सायरा खाम्चा रहेका छन्।

घाइते पाँचै जनाको अवस्था मध्यम रहेको र उनीहरूको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖