• Sunday 4th of October 2026

हेटौंडाको नयाँबस्तीमा ट्रक दुर्घटना, चालक र सहचालक घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं, ५ असाेज । महेन्द्र राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ नयाँबस्तीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएको छ ।

सोमबार बिहान साढे ४ बजेको समयमा मधेश प्रदेश ०३-००१ख ९०६८ नम्बरको टेलर गाडी अनियन्त्रित भएर सडकदेखि १० फिट तल खोलमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट स्याउ लोड लिएर काठमाडौं तर्फ आउँदै गरेको गाडी चालक निदाएको कारण अनियन्त्रि पल्टिँदा चालक र सहचालक घाइते भएका छन् ।

घाइते हुनेमा ट्रकका चालक पर्साको वीरगञ्ज महानगरपालिका-२१ परवानीपुरका २५ वर्षीय नरेश महतो र सोही ठाउँका सहचालक २८ वर्षी रमेश कुशवाह रहेका छन् ।

दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖