• Sunday 4th of October 2026

बसमा आगजनी गरेका दावाको शरीरमा ९० प्रतिशत जलन, अवस्था गम्भीर


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा बस आगलागीमा परी घाइते भएका बस चालक २५ वर्षीय दावा लामाको शरीरको ९० प्रतिशत भाग जलेको छ।

कीर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट प्लास्टिक सर्जन डा. विशाल कार्कीका अनुसार चालक लामाको शरीरको ९० प्रतिशत भाग जलेको र अवस्था गम्भीर रहेको छ।

घाइते लामालाई दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो। उनको उपचार भइरहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖