रौतहट । माधवनारायण नगरपालिका–१ दिपहीका उमेश पासवानको साहुको खेतमा मल तथा विषादी छर्न जाने क्रममा रहस्यमय मृत्यु भएको छ।
परिवारले साहु चन्देश्वर राय यादव र बिन्देश्वर राय यादवको लापरवाही तथा समयमा उपचार नपाएका कारण उमेशको मृत्यु भएको आरोप लगाउँदै घटनाको छानबिन र क्षतिपूर्तिको माग गरेका छन्।
उमेश परिवारका मुख्य कमाउने सदस्य रहेको बताइएको छ। घटनामा आरोपित चन्देश्वर राय यादवले भने सञ्चारकर्मीसँग घटनाबारे बोल्न अस्वीकार गरेका छन्।
घटनाको वास्तविक कारणबारे थप अनुसन्धान आवश्यक रहेको छ।
