• Sunday 4th of October 2026

दुई जना मृत फेला


  • धनकुटा खबर
  • .

धनगढी, ७ असोज । कैलालीका छुट्टाछुट्टै स्थानमा मंगलबार दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार लम्कीचुहा नगरपालिका–४ गिधिनियाका ४० वर्षीय अबिराम जैसी र गौरीगंगा नगरपालिका–८ लिक्माका ५४ वर्षीय दुर्गाप्रसाद आचार्य मृत भेटिएका हुन्।

जैशी गिधिनियास्थित बलिया चोक जोड्ने कच्ची सडकमा र आचार्य आफ्नै घर नजिकैको धान खेतमा मृत भेटिएको प्रहरीले जनाएको छ।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖