• Sunday 4th of October 2026

फार्मेसीको आवरणमा लागूऔषध कारोबार गरेको आरोपमा ३ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । फार्मेसी पसलको आवरणमा औषधीजन्य लागूऔषध कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरूबाट ट्रामाडोल ६ हजार ११५ क्याप्सुल र नाइट्राजेपाम ५ हजार ७६० ट्याब्लेट बरामद गरिएको छ।

पक्राउ पर्नेमा कालिकोट पचाल झरना गाउँपालिका–८ का २३ वर्षीय हिमाल शाही, सोही गाउँपालिका–९ का २१ वर्षीय हिरो विक र शुभ कालिका गाउँपालिका–८ का २६ वर्षीय उमेशबहादुर शाही रहेका छन्।

उनीहरूबाट तीन थान मोबाइल समेत बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖