• Sunday 4th of October 2026

जिप दुर्घटना: एकको मृत्यु, १० घाइते


  • धनकुटा खबर
  • .

स्याङ्जा, ९ असोज । स्याङ्जाको भिरकोट नगरपालिका–१ करुङस्थित बयरघारी–केगा भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

भिरकोट नगरपालिका–३ बजादीमा विवाहको भोज खाएर बयरघारीतर्फ फर्कँदै गरेको ग १ ज ७६१० नम्बरको जिपको स्टेयरिङ लक भई घुम्तीमा मोडिन नसक्दा दुर्घटना भएको हो।

दुर्घटनामा पुतलीबजार नगरपालिका–१० का ७६ वर्षीय उत्तमसिंह गुरुङको मृत्यु भएको छ। दुर्घटनालगत्तै उपचारका लागि भिरकोट नगर अस्पताल लगिएका गुरुङको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

दुर्घटनामा पोखरा महानगरपालिका–८ का ३२ वर्षीय सारा गुरुङ, बिरुवा गाउँपालिका–२ का ६३ वर्षीय खड्क गुरुङ, ४९ वर्षीया कृष्णमाया गुरुङ, ६० वर्षीय यमबहादुर गुरुङ र ५३ वर्षीय मनबहादुर गुरुङ घाइते भएका छन्। त्यस्तै बिरुवा–७ की ५५ वर्षीया केशमाया गुरुङ, पुतलीबजार–१० का ८० वर्षीय पदमबहादुर गुरुङ, नवलपरासी घर भई हाल भिरकोट–२ बस्ने ४३ वर्षीया रसमाया गुरुङ र भिरकोट–३ बजादीकी ४९ वर्षीया तेजकुमारी गुरुङसहित अन्य घाइतेहरूको पनि भिरकोट नगर अस्पतालमा उपचार भइरहेको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖