• Sunday 4th of October 2026

सेती नदीमा बेपत्ता शिक्षिका प्रियंकाको शव कैलालीमा फेला


  • धनकुटा खबर
  • .

धनगढी । डोटीमा सेती नदीमा खसेर बेपत्ता भएकी २२ वर्षीया शिक्षिका प्रियंका श्रेष्ठको शव कैलालीमा फेला परेको छ।

दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीकी श्रेष्ठ भदौ ३० गते दिपायल सिलगढी–३ स्थित सेती नदीको झोलुङ्गे पुलबाट नदीमा खसेर बेपत्ता भएकी थिइन्।

उनको शव बुधबार टीकापुर नगरपालिका–२ मूलपानीस्थित कर्णाली नदीको किनारमा फेला परेको प्रहरीले जनाएको छ। आफन्तले शवको पहिचान गरेपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी टीकापुर अस्पतालको शवगृहमा राखेको छ।

प्रहरीका अनुसार श्रेष्ठ नदीमा खसेको कारण भने खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖