• Monday 5th of October 2026

५२ बैंकका खाता प्रयोग गरी १ अर्ब ३ करोडको हुण्डी कारोबार गरेको आरोपमा धरानबाट महिला पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ की ज्योति शाही रहेकी छन्। प्रहरीका अनुसार उनले ‘शाही मनि ट्रान्सफर’का नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा खाता सञ्चालन गरी हुण्डी कारोबार गर्दै आएको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानका क्रममा ५२ वटा बैंक तथा वित्तीय संस्थाका खातामार्फत करिब १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको कारोबार भएको देखिएको प्रहरीले जनाएको छ।

विदेशबाट अनौपचारिक माध्यममार्फत रकम नेपाल भित्र्याई कनेक्ट आईपीएस लगायत डिजिटल माध्यमबाट विभिन्न व्यक्तिका खातामा रकम पठाउने गरेको आरोप छ।

जिल्ला अदालत सुनसरीबाट पक्राउ अनुमति लिएपछि संयुक्त प्रहरी टोलीले बिहीबार धरान–५ खैरेनीबाट शाहीलाई पक्राउ गरेको हो। उनीमाथि हुण्डीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖