• Sunday 4th of October 2026

एमालेबाट निर्वाचित वडाध्यक्ष विष्टले छाडे पार्टी


  • धनकुटा खबर
  • .

सुर्खेत । नेकपा एमालेबाट निर्वाचित वीरेन्द्रनगर नगरपालिका—३, का वडाध्यक्ष विनोदसिंह विष्टले पार्टी छाडेको घोषणा गरेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै आजको मितिदेखि एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनी २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए । यद्यपि वडाध्यक्ष पदबारे भने उनले कुनै उल्लेख गरेका छैनन् ।

बाँकी कुरा पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖