• Sunday 4th of October 2026

कृष्णभीरपछि धारापानीमा पनि भासियो पृथ्वी राजमार्ग, आवागमन अनिश्चितकालका लागि बन्द


  • धनकुटा खबर
  • .

काठमाडौं । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–स्थित धारापानी क्षेत्रमा सडक भासिन थालेको छ।

कृष्णभीरमा सडक भासिएर आवागमन बन्द भएको अवस्थामा धारापानीमा समेत सडक भासिने क्रम जारी रहेको बताइएको छ।

अविरल वर्षाका कारण धारापानीमा सडक थप भासिन सक्ने जोखिम रहेको फोटो पत्रकार हिरालाल गुरुङले जानकारी दिएका छन्।

सडकका विभिन्न स्थानमा क्षति पुगेपछि नेपाल प्रहरीले पृथ्वी राजमार्गमा यातायात आवागमन अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ।

लगातारको वर्षाका कारण सडकमा थप क्षति पुग्न सक्ने जोखिम रहेकाले तत्काल यातायात सञ्चालन गर्न नसकिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖