• Wednesday 7th of October 2026

पर्सि पानी पर्ने


  • धनकुटा खबर
  • .

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । आजको मौसम आंशिक बदली हुने अनुमान गरिएको छ ।

केही ठाउँमा दिउँसो बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार आज र भोलि पानी पर्ने सम्भावना छैन । तर, पर्सि भने पश्चिमी क्षेत्रका केही ठाउँमा वर्षाको अनुमान गरिएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा पर्सि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभावका कारण यी प्रदेशका केही ठाउँमा पानी पर्ने अनुमान गरिएको हो ।

यसैबीच, मौसमविद्ले दशैँमा मौसम सफा हुने अनुमान गरेका छन् । पहाडी क्षेत्रका एक/दुई ठाउँमा बदली र हल्का वर्षा भए पनि सामान्यतया मौसम राम्रो रहने मौसमविद्ले बताएका छन् ।

भोलि फूलपातिदेखि विजयादशमीको दिनसम्मको मौसम अवस्था बारे आज मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकाल्दै छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖