काठमाडौँ । रसुवास्थित माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कबीर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन्।
स्वास्थ्यमा सुधार आएपछि शुक्रबार डिस्चार्ज भएका महर्जनलाई ललितपुरस्थित निवासमा परिवार, आफन्त तथा स्थानीयले फूलमालासहित स्वागत गरेका छन्।
गत भदौ १० गतेको भीषण बाढीपछि सुरुङमा फसेका महर्जनलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले १० दिनपछि जीवितै उद्धार गरेको थियो।
उद्धारपछि उपचाररत महर्जनले उद्धारकर्ता तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन्।
