डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–७ रावलबाडामा वर्षासँगै भिरबाट खसेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
बुधबार राति करिब ९ः४५ बजे बगर हरेलखोलास्थित गाईगोठमा सुतिरहेका ३३ वर्षीय मनरुप केसी र ३८ वर्षीय चन्द्ररुप केसीलाई भिरबाट खसेको ढुङ्गाले लागेको थियो।
ढुङ्गाले लागेर मनरुप केसीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चन्द्ररुप केसीको ढाडमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको छ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको नेतृत्वमा SOCO सहितको टोली घटनास्थलमा पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
