• Sunday 4th of October 2026

पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महाराजगन्जस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो।

जबराविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ। यद्यपि, उजुरीको विषयवस्तु भने खुलाइएको छैन।

जबराले २०७५ पुस १८ गतेदेखि प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका थिए।

महाअभियोग प्रस्ताव पारित नभए पनि जबरा त्यसपछि सर्वोच्च अदालतमा फर्किन पाएनन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖