• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

पहिरोले घर पुरिँदा तीन जना बेपत्ता


  • धनकुटा खबर
  • .

बुटवल । पाल्पाको माथागढी गाउँपालिका–३, भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अविरल वर्षाका कारण आज बिहान पहिरो खस्दा स्थानीय ७५ वर्षीय लिलबहादुर घर्ती मगरको घर पुरिएको हो।

पहिरोमा परी घरधनी लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्ती मगरकी १५ वर्षीया छोरी झरना घर्ती मगर बेपत्ता भएका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।

प्रहरीका अनुसार बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖