पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–२ रुक्सेमा बारीको ढिस्को खस्दा घर पुरिएर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार असोज ११ गते बिहान करिब २ः३० बजे बारीको ढिस्को खस्दा ७५ वर्षीय शेरबहादुर चिडी मगरको घर पुरिएको हो।
ढिस्कोले घर पुरिएपछि घरभित्र रहेका शेरबहादुरलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तानसेन लगिएको थियो। उपचारका क्रममा बिहान ९ः०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाका बेला घरमा रहेका अन्य चार जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।
