• Sunday 4th of October 2026

अस्पतालको शौचालयमा एक महिला मृत फेला


  • धनकुटा खबर
  • .

सुर्खेत । जाजरकोटको जिल्ला अस्पतालमा रहेको शौचालयमा एक महिला मृत फेला परेकी छन् ।

उपचारका लागि जिल्ला अस्पताल पुगेकी भेरी नगरपालिका-१२ धाइरा निवासी ३० वर्षीया ईश्वरी राना मृत फेला परेकी जाजरकोट प्रहरिले जनाएको छ ।

उनी श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि भेरी नगरपालिका–३ थाप्लेस्थित जिल्ला अस्पताल जाजरकोट पुगेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी बुद्धिसागर पुरीका अनुसार मंगबार दिउँसो करिब ३ः५० बजे अस्पतालको शौचालयको झ्यालमा सलको पासो लगाई झुण्डिएको अवस्थामा उनलाई श्रीमान् कुल बहादुर वस्नेत र स्वास्थ्यकर्मीले फेला पारेका थिए। तत्काल उद्धार गरी उपचारका लागि लगिए पनि चिकित्सकले करिब ४ बजे उनलाई मृत घोषणा गरेका थिए।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖