• Sunday 4th of October 2026

वृद्ध ससुराको हत्या आरोपमा बुहारी पक्राउ


  • धनकुटा खबर
  • .

जाजरकोट । जुनिचाँदे गाउँपालिका–५ पाँगाका ७५ वर्षीय गंगाराम शाहीको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उनकी माइली बुहारी शर्मिला शाहीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गत साउन ११ गते राति करिब ८ बजे गंगाराम आफ्नै घरको सिँढीनजिक घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा मृत फेला परेका थिए। घटनास्थलबाट हत्यामा प्रयोग भएको हँसिया/खुकुरीसमेत बरामद गरिएको थियो।

अनुसन्धानका क्रममा मृतकका जेठा छोरा राजकुमार शाहीले असोज ७ गते शर्मिलाविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले शर्मिलालाई उनकै घरबाट पक्राउ गरी असोज ८ गते हिरासतमा लिएको हो।

जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि पहिलोपटक १० दिनको म्याद थप गरी प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖