• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल महाकाली नदीको बाढीले भत्काएको छ।

आज बिहान करिब ८ बजे महाकाली नदीको बाढीले पुलको एक भाग पूर्ण रूपमा भत्काएको हो।

प्रत्यक्षदर्शीका अनुसार नदीको बीच भागमा रहेको एउटा पिलर भत्किएपछि पुलको ठूलो हिस्सा नदीमा बगेको हो।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर र दोधारा–चाँदनीतर्फबाट तेस्रो नम्बरको पिलर भत्किएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖