• Sunday 4th of October 2026

बढ्यो सुनको मूल्य,कति पुग्यो ?


  • धनकुटा खबर
  • .

काठमाडौ । दुई दिनमा तोलामा ८ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ।

सुनको भाउ आज तोलामा २ हजार ८ सय रुपैयाँ बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यववसायी महासंघले जनाएको छ।

सोमबार तोलामा ५ हजार घटेको सुनको भाउ हिजो पनि तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको थियो।

मंगलबार सुनको भाउ २ लाख ९० हजार ५ सय रुपैयाँ थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि पनि बढेको छ। तोलामा ३० रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ४ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

हिजो तोलामा २ सय ६० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ३ सय ९५ रुपैयाँमा झरेको थियो। त्यसअघि सोमबार पनि चाँदीको भाउ तोलामा १ सय ४५ रुपैयाँ घटेको थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖