• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

आज कति छ सुनको मूल्य ?


  • धनकुटा खबर
  • .

काठमाडौ । हिजो बढेको सुनचाँदीकै भाउ आज स्थिर छ।

दुई दिनमा तोलामा ८ हजार ८ सय रुपैयाँ घटेर बुधबार तोलामा २ हजार ८ सय रुपैयाँ बढेको सुनको भाउ आज स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको भाउ आज तोलाको २ लाख ९३ हजार ३ सय रुपैयाँमै स्थिर रहेको हो।

सोमबार तोलामा ५ हजार घटेको सुनको भाउ मंगलबार पनि तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि पनि ४ हजार ४ सय २५ रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖