• Sunday 4th of October 2026

हिमलुङ आधार शिविरको हिमपहिरोमा बेपत्ता गोरखाका दुवै जनाको शव भेटियो


  • धनकुटा खबर
  • .

गोरखा । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ आधार शिविरमा गत आइतबार गएको हिमपहिरोमा परी बेपत्ता भएका गोरखाका दुईजनाको शव भेटिएको छ।

धार्चे गाउँपालिका–२ केरौंजाका ३२ वर्षीय वीरेन्द्र गुरुङको शव सोमबार र ४५ वर्षीय आशबहादुर गुरुङको शव बुधबार दिउँसो भेटिएको हो। दुवैजनाका आफन्त अर्जुन गुरुङका अनुसार हिमपहिरोमा परेपछि उनीहरू बेपत्ता भएका थिए।

वीरेन्द्रको शव काठमाडौंस्थित शिक्षण अस्पतालमा पोस्टमार्टमपछि बिहीबार गाउँ ल्याउने तयारी गरिएको छ। आशबहादुरको शव भने हाल मनाङमै रहेको आफन्तले बताएका छन्।

वीरेन्द्र हिमालयन होलिडेज कम्पनीमा बेसक्याम्प सहयोगीका रूपमा कार्यरत थिए। आशबहादुर भने इम्याजिन नेपाल एक्सपिडिसन प्रालिमार्फत गाइड तथा कुकम्यानका रूपमा काम गर्न हिमलुङ आधार शिविर पुगेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖