• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

च्याउ टिप्न गएका ४० वर्षीय चौधरीको बाघको आक्रमणबाट मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीमा च्याउ टिप्न सामुदायिक वनमा गएका एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ।

गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट सोही वडाको चरीडाँडा बस्ने ४० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार चौधरी शुक्रबार बिहान करिब ५ बजे च्याउ टिप्न सामुदायिक वनमा गएका थिए। च्याउ टिप्ने क्रममा बाघले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे बिहान ८ः०५ बजे इलाका प्रहरी कार्यालय चौमालामा जानकारी प्राप्त भएको थियो। त्यसपछि प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोली बिहान ८ः४५ बजे घटनास्थल पुगेको जनाएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय चौमालाबाट करिब १३ किलोमिटर दक्षिण–पश्चिममा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖