• Monday 5th of October 2026

ड्युटीमा रहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गर्ने ३ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि गालीगलौज, धाकधम्की र हातपात गरेको आरोपमा ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ का ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी रहेका छन्।

प्रहरीका अनुसार असोज १४ गते राति करिब १ बजे अस्पतालको आकस्मिक कक्षमा उनीहरूले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको सूचनापछि प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद थप अनुमति दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖