• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

दाउन्नेमा ब्रेक फेल भई बस पल्टिँदा ४ जनाको मृत्यु, ११ घाइते


  • धनकुटा खबर
  • .

नवलपरासी, १७ असोज । महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा ब्रेक फेल भई बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बस शनिबार बिहान पौने ४ बजे ब्रेक फेल भई सडक किनारको नालामा पल्टिएको हो। दुर्घटनामा १ महिला र ३ पुरुषको मृत्यु भएको छ। मृतकहरूको सनाखत हुन बाँकी छ।

दुर्घटनामा घाइते भएका ११ जनाको उद्धार गरी उपचारका लागि कावासोतीस्थित मध्यबिन्दु अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖