• Sunday 4th of October 2026

बालेन्द्र शाहलाई ५ वर्ष नै प्रधानमन्त्री स्वीकार्न तयार छु, ल्याप्चे नै लगाउनुपर्छ भने पनि म तयार छु: रवि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहकै नेतृत्वमा आगामी पाँच वर्ष सरकार सञ्चालन गर्न आफू तयार रहेको बताएका छन्।

शनिबार वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै लामिछानेले पार्टीभित्र नेतृत्वलाई लिएर भइरहेका विभिन्न अड्कलबाजीबीच आफ्नो धारणा स्पष्ट पारेका हुन्।

रास्वपाका सांसद असिम शाहका अनुसार लामिछानेले ‘पाँच वर्ष प्रधानमन्त्री बालेन्द्र शाहकै नेतृत्वमा सरकार चल्छ’ भन्दै आफू त्यसका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्।

लामिछानेको यो अभिव्यक्तिले रास्वपाभित्र सरकारको नेतृत्वलाई लिएर चलिरहेको बहसमा बालेनकै पक्षमा उनको स्पष्ट समर्थन रहेको संकेत गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖