• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

चोलेन्द्रनिकट व्यक्तिसँग सम्पर्क देखिएपछि दिपक भट्टको जेल सरुवा


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ रहेको भनिएका इनम सापकोटासँग सम्पर्क देखिएपछि सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टलाई जेल सरुवा गरिएको छ।

शनिबार साँझ भट्टलाई काठमाडौँको नक्खु कारागारबाट कारागार कार्यालय सिन्धुपाल्चोक पठाइएको कारागार व्यवस्थापन विभागका एक अधिकारीले बताएका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सापकोटामार्फत जबराले सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग कुराकानी गर्ने गरेको खुलेको बताइएको छ।

यसैबीच, प्रहरीले असोज ११ गते पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएर पछि छाडेको थियो। सुरक्षा चुनौतीका कारण नियन्त्रणमा लिइएको प्रहरीको दाबी रहे पनि घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रहरीको विशेष ब्युरोले इनम सापकोटालाई नियन्त्रणमा लिएर यस विषयमा सोधपुछसमेत गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖