काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल काठमाडौँको खुलामञ्च पुगेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपछि पोखरेल प्रतिनिधिका रूपमा कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन खुलामञ्च पुगेका हुन्।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा भइरहेको छ। समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू खुलामञ्च पुगेका छन्।
