• Sunday 4th of October 2026

रवि लामिछानेको सुझाव– ‘शेरबहादुर देउवालाई फकाउनुभन्दा छोडिदिँदा राम्रो’


  • धनकुटा खबर
  • .

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई अब छोडेर नयाँ पुस्तालाई अघि बढाउन सुझाव दिएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसको नयाँ नेतृत्वलाई देउवाका विषयमा यस्तो सुझाव दिएका हुन्।

‘शेरबहादुर देउवालाई फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु,’ उनले भने।

लामिछानेले कांग्रेसको लामो राजनीतिक इतिहासप्रति सम्मान व्यक्त गर्दै अब नयाँ पुस्ता र बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टी अघि बढ्नुपर्ने बताए।

कांग्रेसको इतिहास नै उसको ठूलो शक्ति भएको उल्लेख गर्दै उनले विगतबाट पाठ सिकेर नयाँ राजनीतिक यात्रामा अघि बढ्नुपर्ने धारणा राखे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖