• Tuesday 6th of October 2026

मनसुन बाहिरिएपछि पनि तीन दिन वर्षाको सम्भावना, लगातार झरी नपर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । मनसुन बाहिरिएको ठानेर ढुक्क भएका काठमाडौंवासीलाई अचानक भएको वर्षाले फेरि चिन्तित बनाएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका केही स्थानमा वर्षाको सम्भावना रहे पनि लामो समयसम्म लगातार झरी नपर्ने जनाएको छ।

मौसमविद् बिनु महर्जनका अनुसार आगामी तीन दिन केही स्थानमा वर्षा हुने सम्भावना रहे पनि लगातार वर्षा हुने अवस्था छैन।

विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव कायम छ।

त्यस्तै, कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्रमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖