• Wednesday 7th of October 2026

ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने वडा अध्यक्ष पक्राउ


  • धनकुटा खबर
  • .

रुकुम पश्चिममा प्रहरीले कर्तव्य पालनमा खटिएका प्रहरीलाई बाधा पुर्‍याएको आरोपमा आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान विकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार अभद्र व्यवहारसम्बन्धी जाहेरी परेका उनका भाइ वीरेन्द्र विकलाई पक्राउ गर्न खोज्ने क्रममा वडाध्यक्ष केशरमानले प्रहरी टोलीसँग विवाद गर्दै अश्लील शब्द प्रयोग गरी गालीगलौज तथा धकेलाधकेल गरेका थिए। उनले भाइलाई समेत सो स्थानबाट भगाएको र प्रहरी कर्मचारीमाथि हातपात गरी कपडा च्यातिदिएको प्रहरीको दाबी छ।

घटनापछि प्रहरीले वडाध्यक्ष विकलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमबाट राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने कसुरमा तीन दिनको म्याद थप गरेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वडाध्यक्ष विक यसअघि पनि अभद्र व्यवहार तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पक्राउ परी धरौटीमा छुटेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖