• Wednesday 7th of October 2026

नक्सा पासका लागि एक लाख घुससहित इन्जिनियर पक्राउ


  • धनकुटा खबर
  • .

रौतहट २१ असोज। सेवाग्राहीसँग घुस लिएको आरोपमा सर्लाहीको मलंगवा नगरपालिकाका एक इन्जिनियर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीको नियन्त्रणमा परेका छन्।

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादवलाई १ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो।

नक्सा पास गरिदिने भन्दै सेवाग्राहीसँग रकम मागेको सूचना पाएपछि अख्तियारको टोली मलंगवा पुगेको थियो। सोही क्रममा यादवलाई सेवाग्राहीबाट रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ। पक्राउ परेका यादवमाथि घुससम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖