• Wednesday 7th of October 2026

इभीको ठक्करले महिलाको मृत्यु


  • धनकुटा खबर
  • .

रौतहट २१ असोज। वीरगन्जको नयाँ बसपार्क क्षेत्रमा इभीको ठक्करबाट एक महिलाको ज्यान गएको छ।

बुधबार बिहान बसपार्क सडकखण्डमा पैदल हिँडिरहेकी वीरगन्ज महानगरपालिका–१६ नगवाकी ४५ वर्षीया रीमा गुप्तालाई बा.प्र.०३–००१ ज ०७२० नम्बरको इभीले ठक्कर दिएको हो। प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी गुप्ताको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले इभी र चालक सिन्धुलीको कमलामाई नगरपालिका–२ का रामकुमार कार्कीलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी चक्रबहादुर मल्लले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖