• Thursday 8th of October 2026

कांग्रेस महाधिवेशन : तयारी नपुगेको भन्दै मतदान समय दिउँसो १ बजेसम्मको लागि सारियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ ।

निर्वाचन प्रक्रियाअन्तर्गत आज बिहान १०ः०० बजेदेखि मतदान सुरु हुने भनिए पनि तयारी नपुगेको भन्दै दिउसो १ बजेसम्मको लागि सारिएको छ निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

महाधिवेशनमा सहभागी सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् ।

सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖