• Thursday 8th of October 2026

मोटरसाइकलको ठक्करबाट ७८ वर्षीय पैदलयात्रीको मृत्यु


  • धनकुटा खबर
  • .

सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाम चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोलबजार नगरपालिका–३ निवासी ७८ वर्षीय कमलबहादुर श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार आज बिहान करिब ६ बजे कसहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प १६३६ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका श्रेष्ठलाई ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते भएका श्रेष्ठलाई लाइफ लङ्ग अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको थियो। त्यसपछि सुनसरीको हरिनगरस्थित सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण तथा ईसीजी गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

मृतक श्रेष्ठको शव प्रादेशिक अस्पताल लहान, सिरहातर्फ ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले मोटरसाइकल र चालक विमल कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय गोलबजारबाट थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖