• Friday 9th of October 2026

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, ठुलो क्षतिको आशंका


  • धनकुटा खबर
  • .

पोखरा । कास्कीको पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ।

पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटनामा परेको हो।

प्रारम्भिक जानकारीअनुसार, बस कालिका क्षेत्रस्थित ओख्लेको भिरबाट खसेको बताइएको छ। दुर्घटनाको समयमा बसमा २० जनाभन्दा बढी विद्यार्थी सवार रहेको जनाइएको छ।

दुर्घटनामा परेको बस र विद्यार्थीको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖