• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

स्यारखोला थुनिएर आयो बुढीगण्डकीमा बाढी


  • धनकुटा खबर
  • .

पोखरा । बुढिगण्डकी नदीमा आएको बाढी सुक्खा पहिरोका कारण आएको बताइएको छ । चुमनुब्री गाउँपालिकाको वडा नम्बर ६ स्थित खारोङ र उङजुलुङको बीचमा सुक्खा पहिरो खसेर स्यार खोला थुनिएपछि बुढीगण्डकी नदीमा बाढी आएको हो ।

थुनिएको खोला फुटेर आएको बाढीले नदी किनारका बस्तीहरूमा ठूलो विनाश निम्त्याएको छ । बाढी आएको ठाउँसम्म अहिले कोही पुगेका छैनन् । चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाका अनुसार नदी थुनिँदा झन्डै २०० देखि ३०० मिटर माथिसम्म पानी र वाफको मुस्लो देखिएको थियो ।

पहिरोका कारण नदीको बहाव रोकिएर केही भौतिक संरचना तथा बस्तीतर्फ बाढी पसेको छ । हालसम्म कुनै मानवीय क्षति भने नभएको अधिकृत सापकोटाले जानकारी दिए । घटना लगत्तै सतर्कता अपनाइएकाले तटीय क्षेत्रका बासिन्दा सुरक्षित स्थानतर्फ सरिसकेका छन् ।

नदी थुनिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ । स्थानीय प्रशासन तथा गाउँपालिकाले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । घटनाको थप विवरण संकलन भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖