• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

३ हजार ४३५ मतगणना हुँदा उपसभापति र महामन्त्रीमा कसले कति मत पाए ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारीको मतगणनामा खुला उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारी र खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले अग्रता कायम गरेका छन्।

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतितर्फ डा. भण्डारीले १ हजार ६८६ मत प्राप्त गरेका छन्। ई. मधु आचार्यले १ हजार ९० मत पाएका छन्। सुरेन्द्रराज पाण्डे ९५५ मतसहित तेस्रो र गोविन्द भट्टराई ९४१ मतसहित चौथो स्थानमा छन्। धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ र प्रा. डा. चन्द्रमोहन यादवले २९९ मत प्राप्त गरेका छन्।

समावेशी उपसभापतितर्फ बिनोद कुमार चौधरी ८९६ मतसहित पहिलो स्थानमा छन्। जीवन परियारले ८२९ मत प्राप्त गरेका छन्। त्यस्तै, फरमुल्लाह मंसुरले ४६९, रंजीत कर्णले २७० र सीता गुरुङले २५१ मत पाएका छन्।

खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले २ हजार ५५ मतसहित अग्रता लिएका छन्। उदयशमशेर राणा १ हजार १५९ मतसहित दोस्रो स्थानमा छन्। डा. सुनिलकुमार शर्माले ९३४ र अमरसिंह पुन मगरले ८१९ मत प्राप्त गरेका छन्। गुरुराज घिमिरेले ६७८, नैनसिंह महरले ४२८, शंकर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत पाएका छन्।

महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) १ हजार ५१७ मतसहित अगाडि छन्। महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ३९८ मत प्राप्त गरेकी छन् भने रीता खनालले ३६५ मत पाएकी छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖