• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसको खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्री पदको मतगणनामा रामहरि खतिवडाले अग्रता कायम गरेका छन्। हालसम्मको मतपरिणामअनुसार खतिवडाले ७६८ मत प्राप्त गरेका छन्।

उनलाई अजय सिवाकोटीले पछ्याइरहेका छन्। सिवाकोटीले ५४८ मत प्राप्त गर्दा डिल्लिराज सुवेदीले ४३९ मत पाएका छन्।

त्यस्तै, देवेन्द्रराज कँडेलले ३३४, विकास कोइरालाले २८४, राजीव ढुंगानाले २५३ र रमेशप्रसाद धमलाले २०५ मत प्राप्त गरेका छन्। यसैगरी, अमृतकुमार अर्यालले १७६ र विमलराज क्षेत्रीले ६१ मत पाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖