काठमाण्डौ – सुनको भाउ तीन दिनमा तोलामा ७ हजार रुपैयाँ घटेको छ ।
आज सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले घटेको हाे । यसअघि अस्ति सोमबार २ हजार १०० रुपैयाँले घटेर तोलाको २ लाख ९४ हजार ४ सय रुपैयाँमा तथा हिजो २ हजार २०० रुपैयाँले घटेर तोलाको २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तोलाको २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हप्ताको पहिलो दिन आइतबार सुन तोलामा ८०० रुपैयाँले बढेर तोलाको २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको थियो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा १ सय रुपैयाँले घटेको छ ।
महासंघले आजका लागि चाँदीको भाउ तोलामा ४ हजार २५५ रुपैयाँ तोकेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ३५५ रुपैयाँ थियो ।
